खोटाङको दिप्रुङमा जीप दुर्घटना हुँदा पाँच जना घाइते
खोटाङ | साउन १४, २०८०
खोटाङ: खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीको खुदुर्केमा जीप दुर्घटना हुँदा पाँच जना घाइते छन् ।
इटहरीबाट साकेला गाउँपालिकाको मानेभञ्ज्याङका लागि छुटेको ००१ ज ३३८७ नम्बरको जीप हिजो बेलुका दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीको खुदुर्केमा पल्टिँदा घाइते भएकामध्ये चार जनाको जिल्ला अस्पताल दिक्तेलमा उपचार भैरहेको छ ।
दुर्घटनामा जीपका चालक दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँका सरोज थापा, साकेला गाउँपालिका–२ रतन्छाका मनकुमार राई, रोजी राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका सरिस्मा राई र डाँडागाउँका सुमन थापा घाइते भएका हुन् । घाइतेमध्ये सुमन प्राथमिक उपचारपछि घर फर्किएका दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताउनुभयो ।
जीपमा चालकसहित १४ जना थिए । पञ्चमी–याङसोलाटार सडक खण्डमा ठूलो ढुङ्गा खसेको र फुटाउने काम भैरहेका कारण वैकल्पिक बाटो तृतीय–खुदुर्के–मानेडाँडा सडकबाट यात्रा गर्नेक्रममा जीप पल्टिएको प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

